चितवन विशेष

माडीको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एसबिआई बैंकमा कार्यरत तिमिल्सिनाको मृत्यु

Banner

चितवन,असोज ७-

जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा भरतपुर महानगरपालिकास्थित नेपाल एसबिआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार दिउँसो साथीहरूसँग घुम्न गएका तिमिल्सिना नुहाउने क्रममा डुबेका थिए । दिउँसो नुहाउने क्रममा बेपत्ता भएका उनको शव साँझ भेटिएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>