चितवन विशेष
चितवन-२ का सांसद लामिछानेको सचिवालयले आज र भोलि निःशुल्क कानुनी परामर्श दिने
०

चितवन, असोज ४-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेको सचिवालयले आज र भोलि निःशुल्क कानुनी परामर्श दिने भएको छ । सांसद लामिछानेको सचिवालयबाट रास्वपको केन्द्रीय कानुन विभागका सल्लाहकार वरिष्ठ अधिवक्ता डा नारायण घिमिरेले निःशुल्क कानुनी परामर्श दिने भएका हुन् ।
आफुलाई परेका कानुनी समस्या र विभिन्न झमेला भागेको नागरिकले सचिवालयमा सम्पर्क गर्न सक्ने सांसद लामिछानेको सचिवालयका सिईओ हेमन्त बरालले जानकारी दिए । उनका अनुसार वरिष्ठ अधिवक्ता घिमिरेले आज बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म र भोलि बिहान ८ बजेदेखि दिउँसो साढे ११ बजेसम्म निःशुल्क कानुनी परामर्श दिने छन् ।
सांसद लामिछानेको सचिवालय भरतपुर–११ बसेनीमा रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























