चितवन विशेष

सौराहा प्रवेशद्धारको ‘घण्टाघर’मा फुल रोपेर सजाइयो

Banner

सौराहा, असोज ३
पर्यटनको सिजन सुरुभएसंगै सौराहाको प्रवेशद्धारमा फुलका गमला राखिएको छ । पर्यटकीय क्षेत्रको आक्रर्षण बनाउन सोराहा प्रवेशद्धारको घण्टाघरमा फुलका गमलामा फुल रोप्ने काम गरिएको हो । रत्नगर नगरपालिका वडा नम्बर ७मा निर्माण भएको घण्टाघरलाई हरियाली सहित सन्दर बनाउने अभियान अन्तर्गत बुधवार फुलका विरुवा रोपिएको वडाध्यक्ष सजना महतोले जानकाकारी दिनुभयो । उहाँले घण्टाघर हरियाली र सुन्दर बनाउन सके यसले सौराहा आउने पर्यटकहरुलाई थप खुशी मिल्ने तर्कगर्नुभयो ।

कार्यक्रममा मृगकुञ्ज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अर्जुन चौधरीले घण्टाघरलाई हरियाली र सुन्दर बनाउन सके यसले यहाँको बेग्लै परिचय दिने बताउनुभयो । फुल रोप्ने कामसँगै यसलाई गोडमेलदेखि हुर्काउनमा विशेष ध्यानदिनुपर्ने समेत उहाँले बताउनुभयो ।

रेन्जर सरोजकुमार चौधरी, प्याराडाइज यूवा क्लबका निवर्तमान अध्यक्ष मथुरा चौधरी, गोधुली साकोसका प्रमुख कार्यकारी अधिकृत शरदकुमार महतो लगायतको उपस्थिती थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>