चितवन विशेष

संबिधान दिवस तथा गणेशमानको स्मृतिमा कांग्रेस भरतपुरको दिप प्रज्वलन

Banner

चितवन, असोज ०२-
नेपाली कांग्रेस भरतपुर महानगर समितिले नेपाली कांग्रेसका नेता गणेशमान सिंहको २६औं स्मृति दिवस तथा संबिधान दिवसको अवसरमा भरतपुरको चौविसकोठीमा दिप प्रज्वलन गरेको छ । मंगलबार साँझ दिपप्रज्वलन गरिएको हो ।

नेपाली कांग्रेस भरतपुर महानगर कमिटिका कार्यबहाक सभापति बुद्धिकान्त न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने नेताहरुले गणेशमानको सिको गर्ने नेताहरुको अभावका कारण संबिधान कार्यान्वयनमा समस्या आएको बताएका थिए । अहिलेको संबिधान कार्यान्वयन गर्दै सिंहको मार्गदर्शनमा जान सके कांग्रेस अझै बलियो बन्दै जाने उनीहरुको भनाई थियो । राजनिति निस्वार्थ भावले गर्नुपर्ने भन्दै अहिलेको राजनिति व्यक्ति केन्द्रीत हुँदा समस्या आएको बताए ।
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल प्रमुख अतिथि रहनुभएको कार्यक्रममा नेपाली कांग्रेस चितवनका उपससभापतिहरु शालिग्राम पौडेल, राजिप न्यौपाने, भरतपुर महानगर सचिब कृष्ण बगाले, प्रनिशा गुरुङ् लगाएतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>