चितवन विशेष

फेरी कुसुमखोलाका घर टहरा निकुञ्जले भत्कायो

Banner

चितवन, असोज ०२-
चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिका वडा नम्बर ९ स्थित कुसुमखोलामा बनाइएका घर टहरा भत्काएको छ । मध्यवर्ती क्षेत्रको जंगल क्षेत्र अतिक्रमण गरि बनाइएका घर टहरा भत्काएको हो ।
मंगलबार दिउँसो निकुञ्ज प्रशासनले हात्ती र सेनाको प्रयोग गरी २० वटा कच्ची घरहरु भत्काएको हो । निकुञ्जले यसअघि पनि कुसुमखोला क्षेत्रमा घरटहरा भत्काउने काम गरेको थियो । सर्वोच्चको अदालतका काजीमान चेपाङको घर भने निकुञ्जले भत्काउन सकेको छैन ।

निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार यसअघि १ सय ६० घर मध्ये १ सय ५९ घरहरु स्थानान्तरण भइसकेका छन् । तर, स्थानान्तरण भएका मानिसहरुपनि पुनः गएर घर बनाउन थालेपछि निकुञ्जले हात्ती लगेर भत्काएको हो ।

नेपालको कानुनले मध्यवर्ती क्षेत्रको जंगल तथा सार्वजनिक क्षेत्रमा अतिक्रमण गरेर घर टहरा बनाउने र खेतीपाती लगाउले कार्य रोक लगाएको छ । कुशुमखोलाका मानिसलाई माडि नगरपालिकाले परुई खोलामा स्थानान्तरण गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>