चितवन विशेष

देवघाटमा नुहाउने क्रममा डुबेर एक युवक बेपत्ता

Banner

चितवन, असोज ०२-
नारायणी नदिमा डुबेर एक युवक बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १ देवघाट स्थित नारायणी नदीमा नुहाउने क्रममा भरतपुर ७ बुद्धचोकका विशाल मल्ल बेपत्ता भएका हुन् ।

मल्ल साढे ४ बजे बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अहिले प्रहरी बिट देवघाट र वडा प्रहरी कार्यालय नारायणगढको विपद व्यवस्थापनको टोलीले खोजिकार्य जारी राखेको प्रहरीले जानकारी दिएको छ । यसअघि हिजो गैंडाकोटका दुई दाजुभाई नारायणी नदी किनारमा डुबेर मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>