चितवन विशेष

टेन स्टार फुड्सका कर्मचारीमाथि कुटपिट गर्नेविरूद्ध प्रहरीमा उजुरी

Banner

चितवन, असाेज १-

रूपन्देहीस्थित टेन स्टार फुड्सको चाउमिन विक्री गर्दै हिँडेका कर्मचारीमाथि भरतपुरमा कुटपिट गर्नेहरु विरुद्ध प्रहरीमा उजुरी परेको छ । भरतपुर–४ संविधान चोकनजिक कुटिएका चाउमिन उद्योगका कर्मचारी विष्णु लामिछानेले आइतबार साँझ जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका हुन् ।

चितवनकै केहि चाउमिन उद्योगीको नेतृत्वमा करिब १० जनाको समूहले आफुसहित दुई जनामाथि आक्रमण गरेको लामिछानेले बताए । गाडीमा चाउमिन विक्री गर्दै हिँड्ने क्रममा गाडी रोकेर आफुहरुमाथि आक्रमण भएको उनी बताउँछन् । आफुमाथि आक्रमण हुन थालेपछि उनले भिडियो खिचेका थिए । उनीमाथि केहि महिलाले लगातार आक्रमण गरिरहेको भिडियोमा देख्न सकिन्छ ।

प्रहरीले आज बिहान १० बजेपछि दुवै पक्षलाई राखेर छलफल गर्ने तयारी गरेको छ । बुटवलबाट आएर सर्वसुलभ मूल्यमा चाउमिन विक्री गरेपछि अत्तालिएका यहाँका उद्योगीहरुले आफुहरुमाथि सांघातिक आक्रमण गरेको लामिछानेले आरोप लगाए । टेन स्टार फुड्सको भरतपुर डिलरमा भरतपुर–१० ले ताला लगाएपछि कावासोती डिलरले चितवनमा चाउमिन विक्री गर्दै आएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>