चितवन विशेष

चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

Banner

चितवन, असोज १-

चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा लिइएको थियो ।

काठमाडौँतर्फ जाँदै गरेको माछा लोड गरेको गाडी नारायणगढबाट फुत्किएपछि रामनगरबाट नियन्त्रणमा लिइएको मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष अर्जुन लामिछानेले बताए । गाडीमा भेटिएको माछा भेटेरिनरी प्रमाणपत्रमा उल्लेख गरिएभन्दा फरक जातीको माछा भेटिएको उनले बताए ।

नवलपरासीबाट ल्याइएको भनिएपनि उक्त माछा भारतबाटै ल्याइएको हुन सक्ने उनी बताउँछन् । माछा अवैध पुष्टि भएपनि आइतबार साँझ रामनगरको सामुदायिक वनमा खाल्डो खनेर नष्ट गरिएको हो ।

पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका प्रमुख शिरिष गौतमले पनि भेटेरिनरी प्रमाणपत्रमा भन्दा फरक जातीको माछा भेटिएको बताए । वैकी र रौ जातीका माछा उल्लेख गरेर रुपचन्द्र र विगेट जातीका माछा ढुवानी गरेको पाइएको उनले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>