Breaking News

तीनकुने घटनाः श्राद्ध गर्न दोलखाबाट आएकी थिइन् आमा

Banner

काठमाडौं, भदौ ३०–

काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा गए राति हत्या गरिएका चारमध्ये ७६ वर्षीया की शुभद्रा भुजेल हिजो मात्र गैह्रीगाउँ आएको पाइएको छ ।

उनी श्राद्ध गर्न २६ गते दोलखाबाट काठमाडौं आएका थिइन् । बिहीबार श्राद्ध सकेर उनलाई कान्छो छोराले बालुवाटारबाट जेठो छोरा कुमारको ल्याइदिएका थिए । जेठो छोरामा एक रात पनि विताउन नपाई उनीसहित परिवारका तीनै जनाको विध्वंश तरिकाले हत्या गरेको छ । उनीहरु सबैको शरीरमा धारिलो हतियार प्रहार गरी हत्या भएको छ । शुभद्रा आज दोलखा फर्किने तयारीमा थिइन् ।

तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा ४ जनाको शव भेटिएको थियो ।

हत्या भएकामा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राई रहेका छन् ।

नविन भने त्यहाँ नबस्ने गरेको पाइएको छ । नविन र हत्यामा सलंग्न रहेका दीपेन्द्र साथी हुन् । उक्त मिलमा कुमार र उनकी श्रीमती अम्बिका मात्र बस्थे । कुमारकी आमा शुभद्रा भुजेल भने हिजो मात्र तीनकुने आएकी हुन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>