Breaking News

थुनामा पठाइएका प्रदीप रुङगटा बिरामीको नाटक गरेर अस्पताल बसे, अदालतबाट छुट्ने आदेश लगत्तै डिस्चार्ज

०
Banner

चितवन, भदौँ २४–

आत्महत्या दुरुत्साहन मुद्धामा पूर्पक्षका लागि जेल चलान भएका व्यवसायी प्रदीप रुङ्गटा एक दिन पनि जेलमा बसेनन् । चितवन जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको बेला उनी बिरामीको नाटक गर्दै अस्पताल चाहर्दै बसे ।

यतिसम्मकी रुङगटा भरतपुर अस्पतालले कुनै पनि समस्या नभएको भन्दै डिस्चार्ज दिँदा समेत उनी अर्को प्राइभेट हस्पिटलमा बास बस्न पुगे । चितवन मेडिकल कलेजमा बिरामीको नाटक गर्दै उच्च अदालत हेटौंडाबाट आफ्नो पक्षमा आदेश नआउन्जेल बसे । जब उच्च अदालतबाट धरौटीमा छोड्ने आदेश आयो तब उनी अस्पतालबाट पनि डिस्चार्ज भए । रुङगटा अस्पतालबाट डिस्चार्ज भइसकेको चितवन मेडिकल कलेजका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।

व्यवसायी एवम् नेता शंकर कँडेलको आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले साउन १८ गते रुङ्गटालाई पूर्पक्षका लागि जेल पठाउन आदेश दिएको थियो । घटना भएको तीन महिनापछि अदालतमा उपस्थित भएका रुङ्गटा अदालतको आदेशपछि एक दिन पनि जेल गएनन् । चितवनको आदेश चित्त नबुझी उच्च अदालत गएका प्रदीप रूङ्टाको निवेदनमा उच्च अदालतले पाँच लाख ५० हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश सुनाएको छ ।

उच्च अदालतका न्यायाधिस राजेश्वर तिवारी र निर्मला शाक्यको इजलासले भदौ २१ गते रुङ्गटालाई धरौटीमा छाड्ने आदेश दिएको अदालतका सूचना अधिकारी केशवराज कौशिकले जानकारी दिए । अनमोल फिड्सको ८५ प्रतिशत शेयर किनेका रुङ्गटाले कम्पनीको दायित्व बोध नगरी आफुलाई तनाव दिएको भन्दै व्यवसायी कँडेलले वैशाख १९ गते आत्महत्या गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>