Breaking News

थुनामा पठाइएका प्रदीप रुङगटा बिरामीको नाटक गरेर अस्पताल बसे, अदालतबाट छुट्ने आदेश लगत्तै डिस्चार्ज

Banner

चितवन, भदौँ २४–

आत्महत्या दुरुत्साहन मुद्धामा पूर्पक्षका लागि जेल चलान भएका व्यवसायी प्रदीप रुङ्गटा एक दिन पनि जेलमा बसेनन् । चितवन जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको बेला उनी बिरामीको नाटक गर्दै अस्पताल चाहर्दै बसे ।

यतिसम्मकी रुङगटा भरतपुर अस्पतालले कुनै पनि समस्या नभएको भन्दै डिस्चार्ज दिँदा समेत उनी अर्को प्राइभेट हस्पिटलमा बास बस्न पुगे । चितवन मेडिकल कलेजमा बिरामीको नाटक गर्दै उच्च अदालत हेटौंडाबाट आफ्नो पक्षमा आदेश नआउन्जेल बसे । जब उच्च अदालतबाट धरौटीमा छोड्ने आदेश आयो तब उनी अस्पतालबाट पनि डिस्चार्ज भए । रुङगटा अस्पतालबाट डिस्चार्ज भइसकेको चितवन मेडिकल कलेजका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।

व्यवसायी एवम् नेता शंकर कँडेलको आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले साउन १८ गते रुङ्गटालाई पूर्पक्षका लागि जेल पठाउन आदेश दिएको थियो । घटना भएको तीन महिनापछि अदालतमा उपस्थित भएका रुङ्गटा अदालतको आदेशपछि एक दिन पनि जेल गएनन् । चितवनको आदेश चित्त नबुझी उच्च अदालत गएका प्रदीप रूङ्टाको निवेदनमा उच्च अदालतले पाँच लाख ५० हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश सुनाएको छ ।

उच्च अदालतका न्यायाधिस राजेश्वर तिवारी र निर्मला शाक्यको इजलासले भदौ २१ गते रुङ्गटालाई धरौटीमा छाड्ने आदेश दिएको अदालतका सूचना अधिकारी केशवराज कौशिकले जानकारी दिए । अनमोल फिड्सको ८५ प्रतिशत शेयर किनेका रुङ्गटाले कम्पनीको दायित्व बोध नगरी आफुलाई तनाव दिएको भन्दै व्यवसायी कँडेलले वैशाख १९ गते आत्महत्या गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>