राजनीति

कांग्रेस रुपान्तरण अभियान टोली र प्रधानमन्त्री प्रचण्डबिच भेटवाता

Banner

काठमाडौं,भदौ १०-

नेपाली कांग्रेसको रूपान्तरण अभियान टोलीले बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेको छ । ललिता निवास प्रकरण, भुटानी शरणार्थी प्रकरण र सुन प्रकरणमा संलग्नहरूलाई कारबाहीको माग गर्दै अभियानले प्रधानमन्त्रीलाई भेटेको हो ।

तरुण दलका पूर्व महासचिव समेत रहेका कांग्रेस नेता भूपेन्द्र जंग शाहीले ललिता निवास प्रकरणमा निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरिएको बताए । उनले सो प्रकरणमा दोषी कसैलाई पनि उन्मुक्ति नदिन प्रधानमन्त्रीलाई आग्रह गरिएको बताए ।

यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र कारबाहीको अन्तिम बिन्दुसम्म पुगेर संलग्नलाई कारबाही गर्नुपर्ने, सुनकाण्डमा आग्रह पूर्वाग्रह नराखी अनुसन्धान गर्नुपर्ने र नाम जोडिएका माओवादी नेता र संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको शाहीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>