राजनीति

अर्बौँ रुपैयाँ बाँडेर क्रिश्चियन बनाइँदैछ, इच्छा होला यो धर्म लिन्छु भन्ने तर किनेर धर्म परिवर्तन गराइँदैछः नेता खनाल

Banner

काठमाडौं,भदौ ९-

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अर्बौँ रुपैयाँ खर्च गरेर नेपालमा मान्छेलाई धर्म परिवर्तन गराउने खेती भइरहेको दाबी गरेका छन् ।

नेकपा एसको पार्टी स्थापनाको दोस्रो वर्ष पुगेको अवसरमा केन्द्रीय कार्यालयमा शनिवार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

खनालले भने– अहिले हेर्नुस् धरानमा निषेधाज्ञा छ, बिर्तामोडभन्दा यता दशौं हजार को जुलुस आएको छ । यहाँ साम्प्रदायिक सद्भाव भड्काउन विभिन्न शक्ति लागेका छन् । कहीँ गाई काटियो रे, कहीँ सुँगुर काटियो रे, कहीँ बाख्रा काटियो रे । यो किन हुन्छ भनेर मान्छे सडकमा आए । सरकार यसलाई किन नियन्त्रण गर्न सक्दैन ? पैसा बाँडेर,अर्बौँ रुपैयाँ बाँडेर यहाँ क्रिश्चियन बनाइँदैछ रे । मान्छेको इच्छा होला यो धर्म लिन्छु भन्ने तर यहाँ किनेर धर्म परिवर्तन गराइँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>