राजनीति

एमाले अध्यक्ष ओली सिरहा आइपुगे तर सचिवालय बैठक १३ गतेका लागि सर्‍यो

Banner

लहान (सिरहा),भदौ ९- 

नेकपा एमालेको आजदेखि सिरहामा हुने भनिएको सचिवालय बैठक भदौ १३ गतेका लागि सारिएको छ।

धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक निरन्तर वर्षाका कारण सार्नुपरेको एमालेका जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलले जानकारी दिए।  उक्त बैठकका लागि भनेर एमालेका अध्यक्ष केपी शर्मा ओली आजै विराटनगर आइसकेका छन्।

“बैठक स्थलसम्म पुग्नलाई बीचमा खोला पर्ने भएकाले समस्या भयो, निरन्तर वर्षाले खोलाबाढीको स्थिति छ, पार्टी अध्यक्षसँगको छलफलपछि बैठक सार्ने निर्णय भयो”, मण्डलले भने।

एमालेले आजदेखि भदौ १३ गतेसम्म सर्रे अम्बासमा सचिवालय बैठक गर्ने तय गरेको थियो। सोही ठाउँमा एमालेले २०४६ सालमा एउटा काठघरमा चौथो महाधिवेशन गरेको थियो।

उक्त महाधिवेशनले मदन भण्डारीलाई महासचिव चुनेको थियो। रासस

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>