राजनीति
सिंहदरबारमा राप्रपा संसदीय दलको बैठक सुरु
०

काठमाडौँ,भदौ,९-
राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । भदौ ११ गते हुने प्रतिनिधिसभा अन्तर्गत रहेका संसदीय समितिहरुको सभापति निर्वाचनको विषयमा बैठक केन्द्रीत रहेको छ ।
विदेश भ्रमणमा रहेका कारण पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङदेन भने बैठकमा सहभागी छैनन् । बैठकले संसदीय समितिको सभापतिका लागि हुने निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिने वा नदिने सम्बन्धमा निर्णय गर्नेछ ।
सभामुख देवराज घिमिरेले आइतबार दिउँसो १ बजेका लागि संसदीय समितिका सभापति चयनका लागि समय तोकेका छन् । संसदीय समिति सभापतिका लागि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल एमालेले भागवण्डा गरेका छन् भने विपक्षी दलहरु रास्वपा र राप्रपालाई भने बाहिर राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























