राजनीति

राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठकमा रवि अनुपस्थित

Banner

काठमाडौं,भदौ ६-

प्रधानमन्त्री बोलाएको राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनुपस्थित भएका छन्। हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीको नगएपछि स्थगित भएर आज राखिएको बैठकमा सभापति लामिछाने नगएका हुन्।

उनले पार्टी उपसभापति डिपी आर्यल र प्रमुख सचेतक सन्तोष परियारलाई पठाएका छन्।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित माओवादीबाट उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रमुख समेत हितराज पाण्डे, कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, प्रमुख सचेतक रमेश लेखक, एमालेबाट ओलीसहित उपाध्यक्ष सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरी र जसपाबाट प्रदीप यादव सहभागी छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>