चितवन विशेष

माडीको विद्यालयलाई राइट एण्ड एसोसिएट्सद्वारा सेनेटरी प्याड डिस्पेन्सर प्रदान

Banner

चितवन, साउन ३०–

राइट एण्ड एसोसिएट्सले सेनेटरी प्याड डिस्पेन्सर प्रदान गरेको छ ।

माडीस्थित सोमेश्वर माध्यमिक विद्यालयलाई एक थान सेनेटरी प्याड डिस्पेन्सर प्रदान गरेको हो । स्कुलमा अध्ययनरत छात्राहरुको इमर्जेन्सीलाई मध्यनजर गरि उक्त स्कुलमा सेनेटरी प्याड डिस्पेन्सर वितरण गर्ने कार्यक्रम गरिएको राइट एण्ड एसोसिएट्स चितवनका एकेडेमिक डाइरेक्टर जित क्षेत्रीले जानकारी दिए ।

विद्यालयमा अध्ययनरत छात्राहरुलाइ कतिबेला यस्को आवस्यकता पर्दछ थाहा नहुने र सामान्यतया विद्यार्थीहरुले सेनेटरी प्याड बोकेर हिड्ने अवस्था पनि नहुने हुँदा यसरी प्रदान गरिएको यो सेनेटरी प्याड डिस्पेन्सरले छात्रा एवम शिक्षाकाहरुलाइ समेत सहज बनाउने विद्यालयका प्राचार्यले बताए ।

संस्थाको सि एस आर अन्तर्गत विभिन्न समयमा सामाजिक कार्य गर्दै आइरहेको राइट एण्ड एशोसियट्सले यहि साउन १८ गते पनि देशभरी रहेका आफ्नो शाखाहरु मार्फत विविध सामाजिक कार्यक्रम गर्दै आफ्नो २३ औ वार्षिकोत्सव मनाएको थियो ।

विशेषगरि अध्ययनका लागि एब्रोड जान चाहने विद्यार्थीहरुलाइ शैक्षिक परामर्श दिने उद्देश्यले सन् २००१ मा काठमाडौंबाट आफ्नो सेवा शुरु गरेको राइट एण्ड एसोसिएट्सले हाल नेपाल र अष्ट्रेलिया दुई देशका ११ वटा शाखाबाट आफ्नो सेवा दिइरहेको छ भने हालसम्म १८ हजार भन्दा बढी विद्यार्थीहरुले यस सस्थाबाट शैक्षिक परामर्श सेवा लिइसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>