चितवन विशेष

गर्भवती मृत्यु प्रकरण : मनकामना अस्पतालले दिएको जवाफ स्वास्थ्य मन्त्रालय पठाइयो

Banner

चितवन, साउन ३०-

गर्भवती महिलाको मृत्यु भएको विषयमा स्वास्थ्य कार्यालयलाई मनकामना अस्पतालले दिएको जवाफ बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय पठाइएको छ । मनकामना अस्पताल स्वास्थ्य मन्त्रालयको क्षेत्राधिकार भित्र पर्ने भएकाले अस्पतालले दिएको जवाफ मन्त्रालयमै पेश गरिएको हो ।

साउन २० गते उपचारका क्रममा गर्भवतीको मृत्यु भएको घटना बाहिरीएपछि स्वास्थ्य कार्यालयले साउन २१ गते मनकामना अस्पताललाई पत्र पठाउँदै घटनाको विवरण पठाउन निर्देशन दिएको थियो । अस्पतालले साउन २२ गते घटना विवरण पठाएको र उक्त विवरण साउन २३ गते मन्त्रालयमा पठाइएको स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीले बताए ।

अस्पतालले पठाएको लिखित जवाफ अध्ययन गरेपछि मन्त्रालयले नै थप प्रक्रिया अघि बढाउने उनले बताए । भरतपुर महानगरपालिका वडा नं २६ की ३५ वर्षिया नविना महतोको उपचारको क्रममा मृत्यु भएको थियो । उपचारमा लापर्बाही भएको स्वीकार गर्दै अस्पतालले पिडित पक्षलाई साढे २७ लाख रुपैयाँ दिएको हो । अस्पतालले गैरकानुनी रुपमा गर्भपतन गराउन खोज्दा गर्भवतीको मृत्यु भएको आरोप पनि लागेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>