राजनीति
संसदको अवरोध हटाउन शीर्ष नेताबीच छलफल जारी
०

काठमाडौँ, साउन २२-
संसदको अवरोध हटाउन शीर्ष नेताहरू छलफलमा जुटेका छन् । सभामुख देवराज घिमिरेहको पहलमा उनकै कार्यकक्षमा शीर्ष नेताको छलफल सुरु भएको हो ।
संसदको अवरोध हटाउनुका साथै संसदीय समितिका सभापति चयनका लागि निर्वाचन गराउने विषयमा सभामुख घिमिरेले शीर्ष नेताहरुलाई छलफल गराएका हुन् ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित प्रमुख सचेतक र सचेतकहरु छलफलमा सहभागी भएका छन् ।
नेकपा एमालेले सुन तस्करी प्रकरणमा गहन अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै संसदमा अवरोध गर्दै आएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























