राजनीति

विवादित ल्हारक्याल लामा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त

Banner

काठमाण्डौँ, साउन २१-
लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा. ल्हारक्याल लामा नियुक्त भएका छन् । विवादास्पद पृष्ठभूमिका उनी पूर्व राज्यमन्त्री तथा तत्कालीन संविधानसभा सदस्य हुन् । उनी ठगी तथा हातहतियार सम्बन्धी अपराधमा पटक(पटक पक्राउ पर्ने गरेका थिए ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका उनलाई पाँच वर्षका लागि मन्त्रिपरिषद्ले यो पदमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि कोषको उपाध्यक्ष अवधेश कुमार त्रिपाठी ९भिक्षु मैत्तेय० थिए । उनको कार्यकाल १० साउनमा पूरा भएसँगै सरकारको कोषमा नयाँ उपाध्यक्ष नियुक्त गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>