राजनीति

अब वडावडामा केन्द्रीय नेता पुग्नुपर्ने निष्कर्षमा पुगेका छौँ: प्रचण्ड

Banner

काठमाडौं,साउन २१-

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब वडावडामा केन्द्रीय नेता पुग्नुपर्ने निष्कर्षमा पुगेको बताएका छन् । जारी केन्द्रीय समिति बैठकमा उनले यस्तो बताएका हुन् ।

प्रचण्डले अब नेताहरु केन्द्रमा मात्रै रहने नभएर केन्द्रका नेताहरु वडावडामा पुग्ने र प्रत्येक घर परिवारसम्म पुग्ने बताए । उनले भने, “केन्द्रीय नेता वडामा पुग्ने निष्कर्षमा पुगेका छौँ ।”

यस्तै, माओवादी केन्द्रले भदौ १६ गतेदेखि तीनमहिने अभियान चलाउने भएको छ । उक्त अभियानमा केन्द्रका नेताहरूलाई फिल्डमा खटाइनेछ । अभियानको नाम ‘जनतासँग माओवादी विशेष अभियान’ रहने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>