राजनीति
केन्द्रीय सदस्यलाई प्रचण्डले भने- जनतासँग माओवादी विशेष अभियानमा हाम्रो पार्टी नै नभएको ठाउँ भएपनि प्रत्येक घरमा जानुस्

काठमाडौँ, साउन २१-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो भदौ १६ गतेदेखि सुरुहुने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा केन्द्रीय सदस्यलाई कांग्रेस, एमाले र राप्रपाका घरमा पनि जान अनुरोध गरेका छन् ।
काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आइतबार केन्द्रीय कमिटी बैठकको समापन गर्दै अध्यक्ष प्रचण्डले भदौ १५ गतेसम्म तयारी गरेर १६ गते देशभर एकैसाथ यो अभियान चलाउन नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।
उनले अभियानका लागि सबै वडामा एउटा घर पनि नछोडी जानका लागि केन्द्रीय सदस्यहरुसँग आग्रह गरे।
‘तीन महिनामा कुनै पनि घर छुट्न हुँदैन, तपाईंहरु राप्रपाको घरमा जानुस्, कांग्रेसको घरमा जानुस्, एमालेको घरमा जानुस्,’ अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो पार्टी नै नभएको ठाउँ किन नहोस्, प्रत्येक घरमा जानुस्, गएकै हुनुपर्छ। त्यसको रेकर्ड पार्टीले राख्छ।’



























