राजनीति

प्रचण्डको उत्तराधिकारी तयार पार्न वर्षमानको सुझाव

Banner

काठमाण्डौँ, साउन २०-
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीमा कसैले पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प नखोजेको बताएका छन् । तर उत्तराधिकारी तयार पार्न विधि भने विकास गर्नुपर्ने बताए ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलिरहेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उपमहासचिव पुनले प्रचण्डलाई सहयोग गर्न आफू तयार रहेको बताए ।
‘अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान आफु तयार भएको भन्दै उनले उत्तराधिकारी तयार पार्ने विधिको विकास गरेर जानुपर्ने बताए । उनले सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गरेको भन्दै जस्तोसुकै अप्ठ्यारो परिस्थिति आएपनि बीचैमा नरोकिने र रोक्न नहुने बताए ।

‘छानबिन गर्दा पार्टीकै कोही नेता परे पनि सजाय भोग्न तयार हुनुपर्ने बताए । सय क्विन्टल सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिक दावा छिरिङसँग आठ वर्षअघि खिचेको सामूहिक तस्वीरलाई लिएर आफूबारे उठेको प्रश्नप्रति लक्षित गर्दै आफ्नो अश्मिता माथि प्रश्न उठाएको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>