कर्णाली

जुम्लामा रक्सी पिउन सेवन कार्ड अनिवार्य, दैनिक एक बोतल मात्र पाइने

Banner

जुम्ला,साउन १६-

जुम्लाको गुठिचौर गाउँपालिकाले मदिरा सेवन गर्नेहरूले अनिवार्य रक्सी सेवन कार्ड लिनुपर्ने नियम बनाएको छ । गाउँपालिकाले भदौ १ गतेबाट लागु हुने गरी मदिरा (रक्सी) नियन्त्रण कार्यविधि, २०८० ल्याएको हो । कार्यविधि असार ३१ गतेको गाउँसभाले सर्वसम्मत पारित गरेको थियो ।

अब मदिरा सेवन गर्न चाहनेहरूले भदौ १ अगाडि नै रक्सी सेवन कार्ड लिनुपर्ने छ । अन्यत्रबाट आएका मदिरा सेवन गर्न चाहने पाहुनाले अतिथि रक्सी सेवन कार्डु लिनुपर्ने छ । रक्सी सेवनकर्ताले दैनिक १८० मिलि र बियर भएमा एक बोतलमा मात्र सेवन गर्न पाउने छन् । त्यतिमात्र होइन उनीहरूले रक्सी पिएबापत गाउँपालिकालाई वार्षिकरूपमा ५०० रुपैयाँ शुल्क तिर्नुपर्ने छ । कार्डका लागि थप ५०० रुपैयाँ तिर्नुपर्ने छ ।

अतिथि कार्डबापत प्रत्येक दिन १०० रुपैयाँका दरले शुल्क लाग्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>