समाचार

शिक्षा ऐनलाई संसद्‌मा पठाउन सरकारको अन्तिम तयारी

Banner

काठमाडौँ ,साउन १४-
शिक्षा‚ विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले आगामी मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐनलाई संसद्‌मा पठाउने बताएका छन् । आइतबार समाजवादी मोर्चानिकट विद्यार्थी संगठनहरूले आयोजना गरेको अन्तरक्रियामा बोल्दै मन्त्री राईले मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन पारित गरेर संसद्‌मा पठाउने बताएका हुन् । उनले सो ऐनले माध्यामिक शिक्षा सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई दिएको उल्लेख गरे । त्यस्तै शिक्षण पेशालाई सम्मानजनक र गुणात्मक बनाउनेगरी आएको पनि बताए ।

आउने मंगलबारको मन्त्रिपरिषद् बैठकमा जाने कुरा सुनिश्चित गरेको उनले बताए । धेरै खाले समस्याहरुलाई नाघ्दै नाघ्दै अब त्यो संसदमा प्रवेश पाउने ठाउँसम्म पुगेको छ । जसमा स्थानीय तहलाई माध्यामिक शिक्षा सञ्चालन गर्ने अधिकार दिनका साथसाथै शिक्षण पेशालाई सम्मानपूर्ण, सम्मानजनक बनाउनका साथसाथै त्यसलाई गुणात्मक बनाउने र संविधानमै व्यवस्था गरिएको निःशुल्क र अनिवार्य शिक्षालाई कार्यान्वयन गर्ने आधारहरु खडा गर्ने सुनिश्चितता गर्ने प्रयास गरिएको उनले बताए । मन्त्री राईले अब आफ्नो प्राथमिकता उच्च शिक्षासम्बन्धी छाता ऐन ल्याउने भएको बताए । त्यसका लागि आफू प्रयासरत रहने उनको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>