अन्तर्राष्ट्रिय
पाकिस्तानमा शक्तिशाली बम विस्फोटहुँदा २० को मृत्यु
०

काठमाडौँ साउन १४—
पाकिस्तानको उत्तरपश्चिम क्षेत्र बाजुर जिल्लास्थित कट्टरपन्थी राजनितिक तथा मुस्लिम नेताका समर्थकहरूको प्रदर्शनमा शक्तिशाली बम विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ । साथै ५० जनाभन्दा धेरै घाइते भएका छन् । अफगानिस्तानसँग सीमा जोडिएको बाजुर जिल्लामा आइतबार यस्तो घटना भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जमियत उलेमा इस्लाम(फजल (जेयूआईएफ) का कार्यकर्ताहरूको र्यालीको क्रममा विस्फोट भएको हो । विस्फोटमा मौलाना जमियत उलेमा इस्लाम(फजलका एक प्रभावशाली नेता मौलाना जिउल्लाह जानको मृत्यु भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।
विस्फोटमा घाइते भएकाहरूलाई उपचारका लागि नजिकका अस्पतालमा लगिएको छ । साथै घटनास्थलमा अहिले प्रहरीले कर्फ्यू लगाउनुका साथै सुरक्षा व्यवस्था कडा पारेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























