देश/प्रदेश
५ दिनपछि उठेको पोखराको फोहोर गाडीमै थन्कियो
०

पोखरा , साउन १४-
पोखरा महानगरको फोहोरमैला ५ दिनपछि उठाइएको छ । स्थानीयको अवरोधका कारण ५ दिनदेखि नउठेको फोहोरमैला आज (आइतबार) उठाइएके हो ।
शनिबार राति परेको भारी वर्षाले फोहोर सडकभरि छरपष्ट भएपछि सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो । विरोधपछि बिहानैदेखि डोजरको सहयोगमा मुख्य बजार क्षेत्रका फोहोर उठाइएको हो । तर, ल्यान्डफिल साइट क्षेत्रका स्थानीयको अवरोध जारी रहेकाले संकलित फोहोर त्यहाँ नलगेर हाललाई गाडीमै राखिएको महानगरले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























