देश/प्रदेश
प्याराग्लाइडिङ प्रतिस्पर्धामा ज्यान गुमाएका खेलाडी निसिम पोखरा रंगशालामा सालिक स्थापना गरिने
०

पोखरा, साउन १४-
नवौँ राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ प्रतिस्पर्धाको क्रममा निधन भएका खेलाडी निसिम थापाको सालिक स्थापना गरिने भएको छ । प्रतिस्पर्धाको क्रममा निधन भएका थापाको सम्मानस्वरुप पोखरा रङ्गशालाभित्र उनको अर्थकदको सालिक स्थापना गर्न लागिएको हो। हिजो एक कार्यक्रमबीच सालिक राख्ने कार्यको शिलान्यास गरिएको छ ।
राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा गत असोज ३० गते प्याराग्लाइडिङ दुर्घटनामा ज्यान गएको नेपाली सेनाका खेलाडी थापाको सालिक रङ्गशालाको परिसरभित्र रहेको ओलम्पिक टर्चको नजिकैको स्थानमा बनाउन लागिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























