चितवन विशेष

चितवन दररेट : कामदारको ज्याला बढ्यो, फलामे डण्डि र सिमेन्टको मूल्य घट्यो

Banner

चितवन, साउन १२–

जिल्ला प्रशासन कार्यालय चितवनले चालु आर्थिक वर्ष २०८०/८१ को जिल्ला दररेट सार्वजनिक गरेको छ । कामदार र निर्माण सामाग्रीको दररेट अनुसार कामदारको ज्याला बढेको छ भने फलामे डण्डिको मूल्य घटेको छ । त्यस्तै, सडक कालोपत्रे गर्ने बिटुमिनको मूल्य स्थित राखिएको छ ।

अदक्ष कामदारको दैनिक पारिश्रमिक ८०० रुपैयाँ पुर्‍याइएको छ । गत आव २०७९/८० मा ७६५ रुपैयाँ थियो । इलेक्ट्रिसियनको पनि दैनिक पारिश्रमिक ८०० रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै ल्याब टेक्निसियन (प्रमाणपत्र तह उत्तिर्ण गरी पाँच वर्ष स्वायल टेष्टमा अनुभव भएको)को दैनिक पारिश्रमिक १४ सय रुपैयाँ पुगेको छ । गत आवमा १३ सय ५० रुपैयाँ थियो ।

फलामे डण्डि टोरकारी (४.७५ र ७ मिमि)को मूल्य प्रति केजी ९३ रुपैयाँ निर्धारण गरिएको छ । गत आवमा यसको मूल्य प्रति केजी ९६ रुपैयाँ थियो । त्यस्तै, फलामे टिएमटी डण्डिको दररेट प्रतिकेजी तीन रुपैयाँले घटाइएको छ । वायरको दररेट भने स्थिर छ ।

त्यसैगरी, ५० केजीको पिपिसि/पिएससी सिमेन्टको मूल्य प्रति बोरा ३० रुपैयाँले घटेर ५८० रुपैयाँ कायम भएको छ । गत आवमा प्रति बोराको दररेट ६१० रुपैयाँ थियो । ५० केजीको ओपीसी सिमेन्टको दररेट प्रति बोरा ७०० रुपैयाँ कायम भएको छ । यसअघि यसको मूल्य ७३० रुपैयाँ थियो । सबै किसिमका बिटुमिनको दररेट स्थिर राखिएको छ ।

जिल्ला दररेट

आव २०८०/८१ को जिल्ला दर रेट

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>