कालिका

चितवनका एक विद्यार्थीको दुवै मृगौला फेल, उपचार खर्च जुटाउन नसकेपछि सहयोगको अपिल

Banner

चितवन, साउन ११-

चितवनको कालिका नगरपालिका वडा नं. ६ का राजन शर्माको दुवै मृगौलाले काम गर्न छोडेपछि उपचारमा सहयोगका लागि अपिल गरेका छन् । १८ बर्षिय शर्मा भरतपुरमा रहेको नारायणी पव्लिक स्कूलमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन् ।

२०८० जेठ १ गते चितवनमा परिक्षणको क्रममा छोरोका दुवै मृगौलाले काम गर्न छोडेको थाहा भएको विरामीको आमा लक्ष्मी शर्माले जानकारी दिनुभयो । आर्थिक श्रोत जुटाउन बिक्री गर्ने जग्गा जमिन नभएको बताउदै उहाँले टिनको टहरो बाहेक आफुसंग केही नभएकोले छोराको उपचारको लागि सहयोग जुटाउन अपिल गरेको जानकारी दिनुभयो ।

आर्थिक अभावका कारण छाक टार्न समस्या परिरहेको समयमा छोराको उपचारको लागि परोपकारी दाताहरुसंग सहयोग माग्नुको विकल्प नभएको उहाँले बताउनुभयो । श्रीमान भारतमा समान्य रोजगारीमा भएपनि आफुले गाउँघरमै ज्याला मजदुरी गरेर घर चलाउदै आएको उहाँले बताउनुभयो ।

१८ बर्षको छोराको मृगौला प्रत्यारोपण गरी पुनरजीवन दिनको लागि कसैले गरेको सहयोग आफुहरुलाई जीवनदान सरह हुने बताउदै उहाँले सवैसंग सहयोगको अपिल गर्नुभएको छ । मृगौलाको प्रत्यारोपण गर्दा ठूलो धनराशी खर्च हुने भएकाले परिवारले उपचार खर्च जुटाउन नसकेपछि सहयोगको याचना गरेको हो ।

आर्थिक अवस्था अत्यन्त कमजोर भएका उहाँको मृगौलाले काम गर्न छोडेको पत्ता लगाउनमै धेरै खर्च भएको परिवारले जनाएको छ । डायलसिस भन्दा पनि समयमै मृगौला प्रत्यारोपण गर्न चिकित्सकले सुझाव दिएका छन् । जसका कारण पीडित परिवार मृगौला प्रत्यारोपणको तयारीमा जुटेको छ । तर खर्चको अभावमा मृगौला प्रत्यारोपण गर्न खर्चकै कारण समस्या भएको परिवारले बताएको छ ।

उपचारमा सहयोग गर्नका लागि मुक्तीनाथ विकास बैंक मा लक्ष्मी शर्माको नाममा रहेको खाता नम्वर ११०२१६००४४९५०६०००००१ रहेको छ । थप सम्पर्क गर्नुपरे विरामीको आमा लक्ष्मी शर्मा ९८४५३२६०६२ र विरामीको ठुलो वुवा प्रेम शर्मा  ९८६४५४२९६१ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>