देश/प्रदेश

यौनसँग जोडिएको डोमेन भन्दै इन्डोनेसियाले प्रतिबन्ध लगायो ट्वीटर वेबसाइट

Banner

काठमाडौं, साउन १०-

सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटरको वेबसाइटलाई परिवर्तन गरेर ‘एक्स डटकम’ बनाएसँगै इन्डोनेसियाले प्रतिबन्ध लगाएको छ ।

यौनजन्य नाममा वेबसाइट ठेगाना आएको भन्दै इन्डोनेसियाले उक्त डोमेन प्रतिबन्ध लगाएको हो । कानूनीरूपमा पोर्न साइट प्रतिबन्ध लगाउन लागू गरिएको कानुन नै उक्त वेबसाइट प्रतिबन्धमा आकर्षित गरिएको छ ।

इन्डोनेसियाका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता उसमान कानसोङले ट्वीटरको नयाँ डोमेनले पहिले पोर्न साइटको रूपमा रहेका वेबसाइटको झल्को दिएको भन्दै यसको प्रतिबन्ध गरेको मिडियालाई बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>