देश/प्रदेश

समाचारको विषयमा पत्रकारलाई मेयरको सचिवालयबाट हात खुट्टा भाँचिदिने धम्की

Banner

विराटनगर, साउन १०-

सुनसरी बरहाक्षेत्रका पत्रकारलाई बराहक्षेत्र नगरपालिकाका मेयर सचिवालयबाट घरमै गएर ज्यान मार्ने धम्की दिइएको छ । पत्रकार सुविन विश्वकर्मालाई समाचार लेखेको विषयमा मेयर रमेश कार्कीका सचिवालयमा कार्यरत सुरज क्षेत्री र रोहित बस्नेतले घरमै गएर ज्यान मार्ने धम्की दिएका हुन् ।

नेपाल पत्रकार महासङ्घ सुनसरीका कार्य समिति सदस्य तथा ग्रामीण पत्रकार समाज वराहक्षेत्रका सचिव विश्वकर्मालाई समाचार प्रकाशित भएपछि क्षेत्रीले भेट्न भनेका थिए ।

विश्वकर्माले भेट्न मानेनन् । भेट्न नमानेपछि क्षेत्रीले ‘तिमी बढी भयौ बसेर लामो कुराकानी गर्नु पर्ने छ’ भन्दै फोन राखेका थिए । विश्वकर्माले भेट्न नमानेपछि क्षेत्री घरै पुगेर धम्क्याएको पत्रकार विश्वकर्माले बताए ।

स्कुटी चढेर विश्वकर्माको घर पुगेका क्षेत्रीले ‘तिमी बढी भयौ घरमा रहेछौ बाहिर भए हात खुट्टा भाँचिदिन्छु’ भन्दै धम्क्याएका थिए । स्रोतः नेपाल प्रेस

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>