देश/प्रदेश
नेता कुटिएको विरोधमा कलैया बजार बन्द
०

जनकपुरधाम, साउन १०-
आज कलैया बजार बन्दको आह्वान गरिएको छ । नेपाली काँग्रेसका जिल्ला सचिव भैयाराम यादव र नेकपा एसका जिल्ला उपसचिव ध्रुव प्रसाद यादवमाथि जिल्ला प्रहरी कार्यालय बारा परिसरमा भएको कुटपिटको विरोधमा आज बन्दको आह्वान गरिएको हो ।
पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम अनुसार अहिले काँग्रेस र नेकपा एसका कार्यकर्ता कलैया बजार बन्द गराउँदै हिँडेका छन् । सडकमा टायर बालेर उनीहरू यातायात र पसलहरू बन्द गराएका हुन् । मोटरसाइकल समेत चल्न दिइएको छैन । उनीहरुले कुटपिटमा संलग्न प्रहरी अधिकारीलाई कारबाही नगरिएको भन्दै बन्दको आह्वान गरेको हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























