राजनीति
सय किलो सुन प्रकरणः विमानस्थलका प्रमुखको जिम्मेवारी खोसियो
०

काठमाडौं,साउन ९-
तस्करीको सय केजी सुन प्रकाउ परेपछि त्रिभुवन विमानस्थलको भन्सार कार्यालयका प्रमुखको जिम्मेवारी खोसिएको छ। सो स्थानमा अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएर पठाइएको छ।
तत्कालीन भन्सार प्रमुख अरुण पोखरेललाई जिम्मेवारीमुक्त गरेर पाण्डेलाई जिम्मेवारी दिइएको अर्थ मन्त्रालय स्रोतले बताएको छ।
सहसचिव पाण्डेको आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा गरिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन विभागले बरामद गरेको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























