राजनीति
ओलीलाई दीपशिखाले भने-आफु सरकारमा हुँदा काण्डै काण्ड मच्चाउने अहिले अरूले राम्रो काम गर्दा राजीनामा माग्ने

काठमाडौं,साउन ९-
नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य तथा वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचारको काण्डै काण्ड मच्चाएको आरोप लगाएका छन्। उनले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्ध सुशासनको पक्षमा इतिहासमै राम्रो काम गरिरहेको दाबी गरेका छन्।
कम्बोडियाबाट फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता छ छैन ? उहाँको नभए कसको छ? भन्दै प्रश्न गरेपछि उनले यस्तो टिप्पणी गरेका हुन्।
‘अहिले अरूले राम्रो काम गर्दा राजीनामा माग्ने एमालेले लोकलाज त माने हुने नि ? पहिला प्रचण्डको अहिले गृहमन्त्रीको राजीनामा मागेछ । आफू सरकारमा हुँदा काण्डै काण्ड मच्चाउने तर अहिले अरूले राम्रो काम गर्दा राजीनामा माग्ने एमालेले लोकलाज त माने हुने नि ?’ उनले भनेका छन्, ‘किन आफू सरकारमा छँदा जस्तै धादिङमा समातेको सुन काठमाडौं पुग्दा पित्तल बनाउनुपर्ने ? गृहमन्त्रीले राजीनामा किन दिनुपर्ने ? हजुरहरूसँग जवाफ छ?’



























