राजनीति
केन्द्रीय समिति बैठककै बीचमा राखे नेता शशांकले चियापान कार्यक्रम,देउवालगायत नेताहरु सहभागी
०

काठमाडौं,साउन ९-
नेपाली कांग्रेसका नेता शशांक कोइरालाले चियापान कार्यक्रमको आयोजना गरेका छन् ।
पूर्व महामन्त्री समेत रहेका केन्द्रीय सदस्य कोइरालाले लैनचौर बैंक्युटमा आयोजना गरेको चियापन कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, परराष्ट्र मन्त्री एनपी साउद, मिनेन्द्र रिजाल, विनोद चौधरी लगायत नेताहरू सहभागी छन् ।
केन्द्रीय समिति बैठककै बीचमा राखिएको चियापनमा कांग्रेसका केन्द्रीय सदस्य, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद, बागमती प्रदेश सांसद, काठमाडौंमा उपलब्ध जिल्ला सभापति पनि सहभागी छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























