राजनीति

गृहमन्त्रीको गैरजिम्मेवारीले हद नाघ्यो, सुनकाण्डमा त्यत्तिकै छोड्दैनौं : ओली

Banner

काठमाडौं, साउन ९–

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बाहिरिएको सन्दर्भमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गरेका छन् । उनले गृहमन्त्रीको ‘बद्तमिज र गैरजिम्मेवारी’ले हद नाघेको उल्लेख गरेका छन् ।

कम्बोडिया भ्रमणबाट फर्केका अध्यक्ष ओलीले सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग गृहमन्त्रीले दिएको अभिव्यक्ति र उनको कार्यशैलीमाथि टिप्पणी गरेका हुन् ।

‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ । उहाँले एयरपोर्टमा सेक्युरिटी बन्दोबस्त गर्नु भएको छ कि छैन ? एयरपोर्टमा सक्युरिटी गर्ने काम उहाँको हो कि होइन ? यहाँको आउने जानेहरुको निरीक्षण गर्ने काम उहाँको हो कि होइन ?’ अध्यक्ष ओलीले भने, ‘अनि क्विन्टलका क्विन्टलका सुन बाहिर जान्छ गृहमन्त्री ‘कोट’को गाला र ‘टार’को गालामा काँक्राको बियाँ टाँस्दै हुनुहुन्छ । यो अत्यन्तै अनैतिक क्रियाकलाप हो । गृहमन्त्रीको क्रियाकलाप गैरजिम्मेवार छ । आफू गृहमन्त्री भएर यस्ता खालका गैरजिम्मेवार कुरा गरेर हिँड्ने ?’

गृहमन्त्री श्रेष्ठले सुन पक्राउ परेपछि विमानस्थल भन्सार र अध्यागमनको निरीक्षण गर्ने क्रममा बालुवाटार र बालकोटप्रति संकेत गर्दै कुनै पनि ‘टार, कोट र पार्टी’ ले पनि यसको छानबिनमा रोक्न नसक्ने बताएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>