राजनीति

कांग्रेस केन्द्रीय समिति बैठकमा आज सभापतिसहित ५ पदाधिकारीले बोल्ने

Banner

काठमाडौं, साउन ८–

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। साउन २ गतेबाट सुरु भएको बैठक बुधबार मात्रै सकिने छ।

अपराह्न ३ बजेदेखि सुरू हुने बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापतिहरु धनराज गुरुङ, पूर्णबहादुर खड्का, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले बोल्नेछन्।

आज बोल्ने क्रम सकेर भोलि एक दिन निर्णय लेखनको समय प्रदान गरिने र बुधबार केन्द्रीय समितिको निर्णय सुनाएपछि बैठक सकिने कांग्रेस प्रचारविभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

असार २ गतेदेखि जारी बैठकमा महामन्त्रीले १० एजेन्डा प्रस्तुत गरेका थिए। आइतबारसम्म १४० केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए। यस्तै ८ सहमहामन्त्रीले आइतबार नै बोलिसकेका छन्।

बैठक एजेन्डा केन्द्रितभन्दा गुटगत आरोप प्रत्यारोपको थलो बन्यो। पदाधिकारी र सरकारका मन्त्रीहरु नै नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका केन्द्रीय सदस्य बालकृष्ण खाणको बचाउमा लागे। उनीहरु केन्द्रीय समिति बैठकमा पेस भएका अन्य एजेन्डालाई छाडेर नेताहरुले सरकारले खाणलाई फसाएको दाबीसमेत गरे।

कांग्रेस केन्द्रीय समिति बैठकमा पहिलो दिन नै नीति अधिवेशन, विभाग गठन, संसद र सरकारमा पार्टीको भूमिका तथा समय तालिकासहितको वार्षिक कार्ययोजना लगायत १० एजेन्डा पेस भएका थिए। तर बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले निर्धारित एजेन्डाभन्दा गुटगत आधारमा धारणा राखे।

कांग्रेसकै नेताहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेता बालकृष्ण खाणको बचाउमा खुलेरै लागे। बैठकमा सहमहामन्त्री महेन्द्र यादवले खाणलाई राज्यले फसाएको आरोप लगाए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>