कालिका

चेपाङ समुदायको आस्थाको केन्द्र ‘दिनठान’ मन्दिरको संरक्षण गरिँदै

Banner

भरतपुर,साउन ८-

ऐतिहासिक ‘दिनठान’ मन्दिरको संरक्षण गरिने भएको छ । चेपाङ समुदायको आस्थाको केन्द्रका रुपमा मन्दिर रहेको छ । कालिका नगरपालिका–१० छेरबाङमा रहेको सो मन्दिर संरक्षणको अभावमा जीर्ण बन्दै गएको थियो । गत आर्थिक वर्ष २०७९/०८० मा मन्दिर संरक्षणका लागि वडामार्फत डेढ लाख बजेट विनियोजन गरेर संरक्षणको काम थालिएको वडाध्यक्ष नरजङ्ग प्रजाले बताउनुभयो । उहाँले मन्दिरको गारो लगाउने काम र काठ व्यवस्था गरिएको जानकारी दिनुभयो । बजेट अभावमा मन्दिरको छाना छाउने काम बाँकी रहेको थियो ।

दिनठान मन्दिर चेपाङ समुदायले ऐतिहासिककालदेखि पूजाआजा गर्दै आएको मन्दिर हो । यहाँ विशेष गरेर पुस मसान्त र माघे सङ्क्रान्तिका दिन दुई दिन मेला लाग्छ । जङ्गलको बीचमा रहेको मन्दिरमा चेपाङ समुदायले बलि दिने गरेको जनाइउको छ । यहाँ दर्शन गर्नका लागि कालिका नगरपालिकासँगै इच्छाकामना गाँउपालिकाबाट पनि भक्तजन आउने गरेको मन्दिरका पुजारी शेरबहादुर चेपाङले बताउनुभयो । उहाँले मन्दिरमा नियमित पूजा गर्दै आउनुभएको छ । “यो एतिहासिक मन्दिर हो”, उहाँले भन्नुभयो, “यहाँ गाउँमा महामारी फैलँदा, विपद् पर्दा धुप लगाउने र पूजा गर्ने चलन छ ।” यहाँ नियमित पूजा नगरे गाउँमा बाघ निस्कनेसमेत जनविश्वास रहेको छ । चेपाङ समुदायले सिमी पन्थ भयाँरीलाई देवता मान्ने गर्छन । यो मन्दिरलाई पनि उनै देवताको रुपमा पूजाआजा गर्दै आएको शेरबहादुरले बताउनुभयो ।

कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले नगर क्षेत्रका एतिहासिक सम्पदाको संरक्षणका पालिकाले जोड दिएको जनाउँदै दिनठान मन्दिरको संरक्षणका लागि पनि काम गरिने बताउनुभयो । उहाँले मन्दिरको संरक्षणका लागि आवश्यक बजेट पालिकाले विनियोजन गर्ने र प्रचारप्रसारसमेत गरिने बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>