राजनीति
कांग्रेसका ४० प्रतिशत क्रियाशील सदस्यले रुखमा भोट नहालेको एनपीको दाबी
०

काठमाडौं, साउन ७-
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा परराष्ट्र मन्त्री एनपी साउदले नेपाली कांग्रेसका ४० प्रतिशत क्रियाशील सदस्यले रुखमा भोट नहालेको दाबी गरेका छन् ।
केन्द्रीय कार्य समिति बैठकमा आफ्नो धारणा व्यक्त गर्ने क्रममा नेता साउदले २० प्रतिशत क्रियाशील सदस्यले वडा सदस्यदेखि संघीय सांसदसम्म तीनै तहका कुनै पनि उम्मेदवारलाई मत नदिएको आँकडा पेश गरे ।
बाँकी २० प्रतिशत सदस्यले आंशिक रूपमा केही उम्मेदवारलाई मत दिएर बाँकीलाई रुखमा खाली राखेको वा विपक्षीलाई मत दिएको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























