राजनीति
गुटको शिकार म पनि भएको छुः भीम पराजुली
०

काठमाडौँ, साउन ७-
नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले आफूलाई संसदीय दलको नेतामा कोशीमा हराउन पार्टीका गुटहरु लागेको आरोप लगाएका छन् ।
केन्द्रीय समितिको आइतबार बोल्ने क्रममा पराजुलीले भने, ‘गुटको शिकार म पनि भएको छु । संसदीय दलको नेतामा उठ्दा सबैतिरबाट खुलेआम हराउने काम भयो ।’ पार्टीभित्र विश्वसनीय कारबाहीको अवस्था नरहेकाले कारबाहीको सिफारिस नगरेको उनले बताए । कोशीमा कांग्रेसमा संसदीय दलको नेताको निर्वाचनमा पराजुलीले तेस्रो स्थानको मत पाएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























