राजनीति

सुन तस्करी गर्ने मालिक पक्राउ गर्न सरकारलाई दबाब दिनुस्ः सुदन किराती

Banner

काठमाडौं, साउन ६–

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले एक सय किलो सुन तस्करी गर्ने भरियालाई नभएर मालिकलाई पक्राउ गर्नुपर्ने बताएका छन्।

शुक्रवार काठमाडौं आयोजित २४ औं अरुण स्मृति दिवस तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री किरातीले एक सय किलो सुन तस्करी प्रकरणमा भरिया नभइ मालिक पक्राउ गर्न सरकारलाई संघ संस्था र जनताहरुले सडकबाट दबाब सिर्जना गर्नुपर्ने बताए।

उनले कसैलाई शक्तिको भरमा न्याय, संविधान र कानून भन्दा माथि बस्ने अधिकार नभएको भन्दै कानून विपरित काम गर्नेलाई सरकारले तत्काल कारबाही गर्ने उल्लेख गरे।

उनले सरकार सुशासन र समृद्धि बाटोमा हिँडेर समाजवादमा पुग्ने प्रधानमन्त्रीको निर्देशन र उद्देश्यको बाटोमा हिँडेको बताए। मन्त्री किरातीले सरकारलाई भ्रष्टाचार र तस्करी नियन्त्रण गर्नको लागि जनताको साथ अपरिहार्य रहेको उल्लेख गरे। भ्रष्टाचार र तस्करीको संरक्षण गरेर मुलुकमा सुशासन र समृद्धि हासिल हुन नसक्ने मन्त्रीको तर्क छ।

उनले यो काम मेरो नभएर अर्थ र गृह मन्त्रीको भएको उल्लेख गरे। उनले सुन बरामद गर्ने कार्यक्षेत्र पर्यटन मन्त्रीको नभएको भन्दै त्यो काम भन्सारको भएको बताए। पर्यटन मन्त्रालयले सुन तस्करी जस्ता कुराहरु देख्न नै नपाउने भन्दै उनले त्यो भन्सारले गर्ने काम भएको उल्लेख गरे।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>