देश/प्रदेश

सप्तकोशी किनारमा कुटपिट गर्ने थप दुई जना युवती पक्राउ

Banner

विराटनगर,साउन ४-

सप्तकोशी नदी किनारमा भएको ग्याङ फाइटमा तीनजना युवतीलाई कुटपिट गरेको अरोपमा थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र ८ सैनिकटोल निवासी दुर्गा राई र सोही स्थानकी बिनिता उराउ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

असार २९ गते सुनसरी बराहक्षेत्र–९ (टोल राजाबास) स्थित चिहान डाँडाको कोशी किनारमा १९ वर्षिया मनिषा राईसहित तीनजनाले प्रमिलाई कुरा लगाइदिएर बेईज्जत गरेको भन्ने आरोप लगाएर तीन जना युवतीलाई ५ जनाले कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो ।

बराहक्षेत्र १० प्रकाशपुकी १९ वर्षिया प्रीती लिम्बुलाई घटना भएकै दिन पक्राउ गरि अभद्र व्यबहार अन्तरगत मुद्धा चलाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न दुई जना भने अझै फरार रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>