राजनीति

इनम सापकोटा प्रकरणमा सबै उच्चपदस्थ व्यक्तिमाथि निष्पक्ष अनुसन्धान गर्न रक्षा बमको माग

०
Banner

काठमाडौं, कात्तिक १७ –

जेनजी अभियन्ता रक्षा बमले इनम सापकोटा प्रकरणमा जोडिएका सबै उच्चपदस्थ व्यक्तिमाथि निष्पक्ष अनुसन्धान गर्न माग गरेकी छन्।

फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बमले प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश तथा अन्य न्यायाधीश, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वमन्त्री, प्रहरी महानिरीक्षक ९आईजीपी० र प्रमुख प्रतिपक्षी दलका सभापति गगन थापासम्मका व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएकी छन्।

उनले प्रकरणमा सतहमा आएका नाम र यससँग जोडिएका सबै व्यक्तिमाथि निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएकी छन्। पद र राजनीतिक हैसियतका आधारमा कसैले पनि अनुसन्धानबाट उन्मुक्ति पाउन नहुने उनको भनाइ छ।

‘यदि यो देशमा विधिको शासन साँच्चिकै छ भने, जनतालाई सबै नालीबेली थाहा देऊ,’ बमले फेसबुकमा लेखेकी छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>