राजनीति
काँग्रेसमा महामन्त्रीद्वयको विकल्प खोज्नुपर्ने हुन सक्छः कांग्रेस नेतृ खतिवडा
०

काठमाडौं,साउन ३-
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको विकल्प खोज्न सकिने बताएकी छिन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले महामन्त्रीद्वयलाई दायरा फराकिलो बनाउन आग्रह गरिन्।
उनले भनिन्,‘दुई जना नै महामन्त्रीलाई विनम्रतापूर्वक आग्रह छ, कांग्रेस बलियो बनाउन कांग्रेसलाई एक ढिक्का बनाएर सही रोडम्याममा लैजाने उद्देश्यका साथ तपाईंहरु हामी सबैको नेतृत्व लिने गरी अगाडि बढ्नु होला। तपाईंहरुले दायरा फराकिलो बनाउनु भएन भने जसरी तपाईंहरु अरु कसैको विकल्प खोज्छौं भन्दै हुनुहुन्छ। तपाईंहरुको विकल्प पनि हामीहरुले खोज्ने विकल्प नआओस्।’ नेता खतिवडाले सभापति संस्था भएकोले सभापति बाहेक हामी मात्रै असल हौं भन्ने दाबी हास्यापद भएको बताइन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























