देश/प्रदेश

सिनामंगलको सुन पसलअगाडि शंकास्पद वस्तु, चन्दा नदिएपछि शङ्कास्पद वस्तु राखेको अनुमान

Banner

काठमाडौं, साउन ३-

काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ । सिनामंगल पुल नजिक रहेको ६० वर्षीय मने विश्वकर्माले सञ्चालन गर्दै आएको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि शंकास्पद वस्तु फेला परेको हो ।

अञ्जान व्यक्तिले आज मात्रै पैसा माग्नका लागि ९ पटक फोन गरेको बताउँदै सञ्चालकले भने, ‘आज ९ पटक फोन गरेर ५ लाख मागेका थिए । ५ लाख नदिए बम राख्छु भनेर धम्की दिएका थिए । मैले पैसा दिन नमानेपछि यहाँ शङ्कास्पद वस्तु राखेको हुन सक्छ । ’

शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>