देश/प्रदेश
रविको प्रश्न–हिंसात्मक गतिविधि माफी र मुद्धा फिर्ता हुने प्रावधान कसलाई स्वीकार्य हो ?

चितवन, साउन ३–
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपाले सदनमा गरेको अवरोधको विरोध गर्नेलाई प्रश्न गरेका छन् । राजनीतिको मुलधारमा आएमा हिंसात्मक गतिविधि माफी हुने र जुनसुकै तहको अदालतमा बिचाराधिन भए पनि मुद्दा फिर्ता हुने प्रावधान कुन–कुन दल र नेता कार्यकर्ताहरुलाई स्विकार्य हुने हो भनेर उनले प्रश्न गरेका हुन् ।
गम्भिर विषयमा जनताको ध्यान मोडेर रास्वपा र रास्वपाका नेतामाथि गाली गर्ने काम भएको भन्दै उनले काग लखेट्नु अघि एक पटक आफ्नो कान समात्न आग्रह गरेका छन् । सरकारले नेपाल ऐन संशोधन गर्न बनेको विधेयक मार्फत राजनीतिको आडमा जस्तोसुकै अपराधिक काम गरेपनि उन्मुक्ति पाउने गरी कानुन बनाउँदै छ ।
‘यो विधेयक विरुद्ध हामी सदनमा उभियौ तर त्यसदिन सदन पुरै रोकेको भए हामीलाई आरोप लाग्थ्यो कि हाम्रा कारण मिटर ब्याज सम्बन्धि विधेयक रोकियो, जुन सोही दिनको कार्यसुचीमा थियो। विधेयक माथी छलफल त बाँकी छ थाहा छ तर हामी यो दफा हटाएर मात्र टेबुल होस् भन्ने चाहन्थ्यौं’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘समाचारहरु त बने रास्वपा झुक्कियो, झुक्क्कियौ होला। तर भन्नुस्, नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० मा दफा ६४ घुसाएर कसले कस्लाई के का लागि झुक्याउने खेल हुदैछ।’

























