चितवन विशेष

रत्ननगरमा पशु पन्छी कल्णाण सम्बन्धी प्रशिक्षण

Banner

चितवन, साउन २–
पूर्वि चितवनको रत्तनगरमा पशु पन्छी कल्याण सम्बन्धी एक दिने प्रशिक्षण प्रदान गरिएको छ । एनिमल नेपाल चितवन र शक्तिशाली आमा समुह रत्ननगर नगरपालिका वडा नं. १३ को संयुक्त आयोजनामा पूर्वी चितवनको जयमंगलामा पशु पन्छी कल्याण सम्बन्धी प्रशिक्षण प्रदान गरिएको हो ।

एक दिने प्रशिक्षण कार्यक्रममा ३५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा पशु पन्छी पालन गर्दा ध्यान दिनुपर्ने कुराहरु सिकाईएको एनिमल नेपालका जिल्ला सुपरभाइजर रामचन्द्र आचार्यले जानकारी दिनुभयो ।

अनुशिक्षणमा पशुपन्छीलाई भोक, प्यास र कुपोषण हुन नदिने, सामान्य व्यवहार अभिव्यक्ति गरी बाच्न पाउने अवस्था सुनिश्चित गराउनुपर्नेमा उनिहरुले जोड दिएका थिए । पन्छीलाई भौतिकरुपमा सहज वातावरणमा राख्न र कुखुरालाई पिजरा जस्तो खोरमा नपाल्न एनिमल नेपाल चितवन जिल्ला संयोजक सुमेधा गौतमले सुझाव दिनुभयो ।

गौतमको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष टोपबहादुर घिमिरे, विशिष्ठ अतिथि महिला वडा सदस्य शारदा न्यौपाने, आमा समुहकी वरिष्ठ उपाध्यक्ष सुशिला कुँवर कोषाध्यक्ष समिता अधिकारी एनिमल नेपालका जिल्ला सुपरभाइजर रामचन्द्र आचार्य, फिल्ड सुपरभाइजर दिपा केसी फिल्ड अफिसर सुदिप आचार्य लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>