देश/प्रदेश

विदेश जान विद्यार्थीहरुको बढ्दो आकर्षण, एक वर्षमै १ लाख बढीले लिए सरकारबाट अनुमति

Banner

काठमाडौँ, साउन १–

नेपालबाट विद्यार्थीहरु विदेश पढ्न जाने क्रम झनै बढ्दै गएको छ ।

पछिल्लो एक वर्षको अवधिमा विदेशमा पढ्न जान भन्दै १ लाख १० हजार २१७ जनाले नेपालको सरकारी निकायबाट अनुमति लिएको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति (एनओसी) शाखाका अनुसार २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्म एक लाख १० हजार बढीले एनओसी लिएका हुन् ।

अष्ट्रेलियाका लागि ३३ हजार ९९१ जनाले एनओसी लिएका छन् । जसमध्ये ८ हजार ४५२ जनाको आवेदन रद्द भएको छ । त्यस्तै क्यानडाका लागि २१ हजार ५४४ जनाले, जापानका लागि २१ हजार ६५८ जनाले र संयुक्त अधिराज्य बेलायतका लागि १० हजार ५२७ जनाले एनओसी लिएका छन् ।

दक्षिण कोरियाका लागि तीन हजार ४६ जनाले, युएईका लागि दुई हजार ३८९ जनाले, भारतका लागि दुई हजार १९७ जनाले एनओसी लिएका छन् । नेपालबाट विभिन्न १११ देश जानका लागि विद्यार्थीहरुले एनओसी लिएका शाखाले जनाएको छ । एनओसीका लागि आवेदन दिएकामध्ये १२ हजार २९७ जनाको आवेदन भने रद्ध भएको शाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>