अर्थ
आजदेखि लागु हुनेगरि सार्वजनिक यातायातको भाडा घट्यो
०

काठमाडौं, साउन १-
पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु भए लगतै सार्वजनिक यातायातको भाडा पनि घटेको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाए लगत्तै यातायात व्यवस्था विभागले आजदेखि नै लागु हुनेगरि भाडा द्दटाएको हो ।
स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ । त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए ।
7ed36d03-b1b3-46b8-b807-154ba9fa7095_0
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























