राजनीति

फागुनमा महाधिवेशन गर्ने रास्वपाको तयारी

Banner

काठमाडौं, साउन १–

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिरदेखि तल्ला कमिटीको अधिवेशन थाल्ने तयारी सुरु गरेको छ । रास्वपाले आगामी मंसिरमा वडा अधिवेशन सुरु गरेर विभिन्न तहको अधिवेशन सकी फागुनमा पहिलो महाधिवेशन सम्पन्न गर्ने भएको हो ।

रास्वापाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भने, ‘मंसिरबाट महाधिवेशनको चरणमा प्रवेश गर्छौँ । सुरुमा हाम्रो वडा अधिवेशन हुन्छ । त्यसपछि पालिका अधिवेशन हुन्छ ।’

पार्टीको संगठन विभाग प्रमुखसमेत रहेका बुर्लाकोटीका अनुसार पालिका अधिवेशनले प्रदेश र केन्द्रीय अधिवेशनका लागि प्रतिनिधि छान्ने छ । पालिकाभित्रका साधारण सदस्यले महाधिवेशन प्रतिनिधि छनोट गर्ने उनको भनाइ छ ।

बुर्लाकोटीका अनुसार गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन र महानगरपालिकाबाट चार जनाका दरले महाधिवेशन प्रतिनिधि छनोट हुनेछ । यसरी ७५३ पालिकाबाट १ हजार ६९ जना महाधिवेशन प्रतिनिधि छानिने छन् ।

जस अनुसार ६ वटा महानगरपालिकाबाट २४ जना, ११ वटा उपमहानगरपालिकाबाट ३३ जना, २७६ वटा नगरपालिकाबाट ५५२ जना र ४६० गाउँपालिकाबाट ४६० जना प्रतिनिधि छानिने छन् ।

‘अहिलेसम्म प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधि छुट्याइएको छैन । महाधिवेशन प्रतिनिधिले नै सम्बन्धित प्रदेशको नेतृत्व चयन गर्नुहुन्छ,’ बुर्लाकोटीले भने । रास्वपाले केन्द्रीय सभापतिको चयन पार्टी सदस्यबाट गर्ने बताउने गरेको छ । तर पहिलो महाधिवेशनमा प्रतिनिधिबाट चयन गर्ने सम्भावना रहेको उनी बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>